मोरङ ।
मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिंदा घाईते भएकी थिइन् ।
खड्काको उपचारको क्रममा बिराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । मोरङकै सुन्दरहरैचा नगरपालिका–११ मा साईकललाई जोगाउने क्रममा को ३३ प ४२४१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० बर्षीया देवकुमारी श्रेष्ठ घाईते भएकी थिइन् ।
घाईतेलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । दुबै घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरीले जनाएको छ ।