संखुवासभा ।
संखुवासभाको धर्मदेवी नगरपालिका–५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
हाईड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर हाईड्रोका इन्जिनियर पोखरा महानगरपालिका–१२ का ३९ बर्षीय रोमनकुमार चन्द घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरीले जनाएको छ ।