झापा ।
झापाको बिर्तामोड नगरपालिका–२ चारपानेबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुद्धशान्ति –४ का ३१ बर्षीय चन्द्र बहादुर लिम्बु रहेका छन् ।
विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा लिम्बुलाई पक्राउ गरेको हो ।
प्रहरीले लिम्बुको साथबाट ३४ ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको हो । लागू औषधसहित पक्राउ परेका लिम्बुको बिषयमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।