झापा । 

झापाको भद्रपुर नगरपालिकाका बिभिन्न स्थानमा पार्किङ गरिराखेको साइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने चारवटा साइकल नियन्त्रणमा लिएको छ । 

पार्किङ गरेका साइकल चोरी भइरहेको जनगुनासो आएपछि चोरी गर्ने ब्यक्तिको सुक्ष्म रुपले निग्रानी तथा पहिचान गरेको प्रहरीले भद्रपुर नगरपालिका वडा नं.९ को देवकोटा चोकका ३९ बर्षिय उदय दाहाललाई साइकल चोरी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । 

सोही क्रममा अनुसन्धान गर्दा २ वटा गियरवाला साइकल, एउटा लेडिज साइकल चोरी गरी बिभिन्न स्थानमा लुकाएर राखेको जानकारी प्राप्त भएसँगै झापा भद्रपुर –८ का १९ बर्षिय पेन्टा भन्ने लालदेव महतोले सोही स्थानका सोमराज थापाको एउटा गियरवाला साइकल चोरी गरी बिक्रि गर्ने उदेश्यले भारत तर्फ लैजादै गर्दा नेपाल भारत सिमानास्थित मेचीपुलमा फेला पारी पक्राउ गरिएको थियो । 

पक्राउ परेका दुईजना र नियन्त्रणमा रहेका ४ वटा साइकल जिल्ल प्रहरी कार्यालय झापा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।