संखुवासभा ।
संखुवासभाको चैनपुर नगरपालिका–११ कि ८६ बर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ ।
घरमा एक्लै बस्दै आएकी बृद्धाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्किएर आगोले जलेर गम्भिर घाईते भएको अवस्थामा आफन्तले (मंगलवार) आज बिहान ७ बजे फेला पारी उपचारको लगेका थिए ।
उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालय जनाएको छ ।