उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको बा.९ च ३८४६ नम्बरको बलेरो गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा बलेरोमा सवार रहेका त्रियुगा नगरपालिका–१३ पोर्ताका ५२ बर्षीय कुमार बस्नेत घाईते भएका थिए ।
घाईते बस्नेतको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । बलेरो र चालक स्थानीय ३७ बर्षीय ईन्द्र चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रदेश नं. १ प्रहरी कार्यालय जनाएको छ ।