सुनसरी ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ को बाघ खोलाले टेम्पो बगाउँदा एक जनाको मत्यु भएको छ । आईतवार साँझ पौने ८ बजेको समयमा चतराबाट धरान तर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई अचानक बाघ खोलाले बगाउँदा टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका–१ की १७ बर्षीया स्टिफिना राई र चालक धरान–१७ का २२ बर्षीय राजु राई बेपत्ता भएका थिए ।
टेम्पोलाई खोलाले बगाएर बेपत्ता भएसँगै तत्काल ईलाका प्रहरी कार्यालय चतराको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चालकलाई सामान्य घाईते अवस्थामा उद्धार गरेको तथा स्टिफिना राईलाई मृत अवस्थामा फेला पारेको थियो ।
घाईते चालकलाई उपचारको लागि धरान पठाएको तथा घटनाका बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।