झापा । 

अविरल बर्षाको कारण रतुवा खोलामा आएको बाढीले झापाको दमक नगरपालिका वडा नं.७ को वस्तिमा बाढीले कटान शुरु गरेको छ । 

हिजो राती परेको अबिरल बर्षाका कारण आएको वाढीले रेडक्रस भवन पछाडी खोला किनार नजिक रहेका ब्यक्तिहरुको घरमा समेत  क्षेति पुर्याएपछि नेपाल प्रहरी र स्थानियको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमक ७ खड्ग लिम्बु, विष्णु लिम्बु, सुबास लिम्बु, रामकुमारी लावती, गोमा तामाङ, सुर्यमान आचार्य, बिमल किस्कु, राजेश किस्कु, मनोज मास्के, भारती,  तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र दिपक गुरुङको परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । 

सोही खोलामा आएको बाढीको कारण झापा गौरादह–६ स्थित टंगुवा बस्तिमा पानी पसेर आन्दाजी २५ घर डुबानमा परेको समेत जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले गएर हेर्दा बस्तिमा अन्दाजी २ फिट पानी पसेको अन्य क्षेती नभएको साथै पानी घट्ने क्रममा रहेकोले स्थानीयहरु सोही स्थानमा रहेको प्रहरीले जनाएको छ ।