झापा ।

लागूऔषध मुद्दामा फरार रहेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नं.७ का ३९ बर्षिय तेजबहादुर मगर रहेका छन् । 

६ बर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएका मगरलाई झापा जिल्ला अदालतको मिति २०७६/०२/०५ गते भएको फैसला बमोजिम लागू औषध मुद्दामा फरार रहेका थिए ।

मगरलाई ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढी भद्रपुरमा उपस्थित गराइएको र अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।