बाह्रदशी ।
नेपाल स्काउटको ७१ औं स्थापना दिवसको पारेर आइतवार (आज) बाह्रदशी स्काउटले दिक्षान्त समारोह कार्यक्रम सम्पन्न गरेको छ । बाह्रदशी स्काउटका संयोजक अनिल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चौलागाईंको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा १ नम्बर प्रदेश स्काउट संयोजक रवि खनालले गाउँपालिकाका प्रमुख र उप–प्रमुखलाई दिक्षान्त गराएका थिए भने बाह्रदशी स्काउट प्रमुख तथा गाउँ पालिका उप–प्रमुख शान्ता खरेलले शिक्षा शाखा प्रमुख तथा बाह्रदशी स्काउट गाउँ तदर्थ समितिलार्इ दिक्षान्त गराएकी थिइन् ।
कार्यक्रममा नेपाल स्काउट १ प्रदेश संयोजक रवि खनालले बाह्रदशी स्काउटले आगामी दिनमा गुणात्मक रुपमा कार्य अगाडि बढाउँदै बाह्रदशीलार्इ स्काउटमय बनाउने विस्वास व्यक्त गरे । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका प्रमुख चौलागाईंले बाह्रदशीका सम्पुर्ण संस्थागत तथा सामुदायिक विद्यालयहरुमा स्काउट शिक्षा आवश्यक रहेकोले सो का लागि यसै आर्थिक बर्षबाट बजेट बिनियोजन गरि कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समितिकी सदस्य रचना अधिकारीले स्वागत गरेको कार्यक्रमलाई सञ्चारकर्मी तथा बाह्रदशी स्काउट सदस्य श्रेया ढकालले सञ्चालन गरेकी थिइन् ।
स्काउटमा स्थानिय पालिका प्रमुख स्काउटको संरक्षक, पालिका उप प्रमुख स्काउट प्रमुख तथा शिक्षा प्रमुख स्काउटको सदस्य सचिब रहने व्यबस्था रहेको छ।