बिराटनगर । 

ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

ईटहरी–४ गोपाल टोलमा अवैध हात हतियार देखाई स्थानियवासीहरुलाई धाकधम्की दिदै त्रसित बनाई रहेको अवस्थामा उक्त घटनामा संलग्न व्यक्तिहरुलाई घटनास्थलबाटै अवैध हातहतियार तथा प्रतिवन्धित लागुऔषधसहित पक्राउ गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका ओझालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जेष्ठ महिनाको –महिनाको सर्वोत्कृष्ट प्रहरी‘ घोषणा गरेको हो । 

पुरस्कृत भएका ओझाले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेका थिए । 

  प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।