मोरङ ।
मोरङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका–४ बस्ने ६५ बर्षीया बुधिया देवी मुखिया जेठ ३ गते माईत जान्छु भनी हिडेकोमा शनिवार बिहान घरदेखी केही मिटरको दुरीमा रहेको माछा पोखरीमा डुबेर मृत फेला परेको थिइन् । ईलाका प्रहरी कार्यालय पोखरीयाको प्रहरी टोलीले मृत शव परिक्षणको लागि कोशी अस्पताल पठाएको छ भने घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी मोरङकै रतुवामाई नगरपालिका–१ मुस्लिमटोल बस्ने साकिर आलमका २ बर्षीय छोरा जासिद मियाको कलको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
घर नजिकै रहेको कलमा पानी जम्मा गर्न बनाएको खाल्डोमा डुबेर मृत अवस्थामा ईलाका प्रहरी कार्यालय सिजुवाको प्रहरी टोलीले घटना बिषयमा अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।