सुनसरी । 

सुनसरीको धरान उप–महानगरपालिका–५ बाट अबैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले स्थानीय रितबहादुर राईले सञ्चालन गर्दै आएको किराना पसल खानतलासी गर्दा २ केजी गाँजा बरामद भएको थियो ।

पसलबाट गाँजा बरामद भएसँगै सञ्चालकलाई समेत पक्राउ गरी घटनाको बिषयमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।