मोरङ । 

मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढिगंगा गाउँपालिका–६ का ३२ बर्षीय बिनोद चौधरीको  डेराबाट एक थान पेस्तोल बरामद भएको छ ।

  जिल्ला प्रहरी कार्यालय मोरङले बिगत १ महिनाको अवधीमा मोटरसाईकल चोरीमा संग्लग्न १६ जना मानिस २१ थान मोटरसाईकलसहित पक्राउ गरेको थियो ।

मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा चौधरीको डेरामा १ थान चाईनिज पेस्तोल, सोही पेस्तोलको गोली १ राउण्ड र म्याग्जिन १ थान भएको खुलेसँगै बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको बिषयमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।