ताप्लेजुङ । 

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ ट्याम्फुमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो राती ११ बजे बर्षातको कारण गएको पहिरोले उधोग अधिकारीको तीन तले घर र गोठ पुरेर पूर्ण रुपमा क्षति हुँदा घरले किची अधिकारीकी श्रीमति ५७ बर्षीया तुलसा अधिकारी र बुहारी ३४ बर्षीया यशोदा अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै  ३५ बर्षीय छोरा बिष्णु अधिकारी घाईते भएका हुन्  । घटना स्थलमा तत्काल प्रहरी चौकी खेवाङको प्रहरी टोलीले उद्धार गरी घाईतेलाई उपचारको लागि नेपाली सेनाको हेलीकप्टरद्वारा कोशी अस्पताल बिराटनगर पठाईएको छ ।

मृतक दुवै शवलाई जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको छ ।  थप उद्दार कार्यको लागि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी निरीक्षक सहितको टोली गएको प्रदेश प्रहरी नं. १ प्रहरी कार्यालयले जनाएको छ ।