बिराटनगर।
उदयपुर र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका–६ रातमाटेमा ईलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी टोलीले प्रदेश १–०५–००१ प १४०७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका चौदण्डीगढी–६ बेल्टारका २९ वर्षीय अनिष काफ्ले र २५ बर्षीय कालु राईको साथबाट फेनारागन २८ एम्पुल, लिजेसिक २८ एम्पुल र डाईजेपाम २९ एम्पुल बरामद गरेको हो ।
त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR 38 V 3251 नम्बरको मोटरसाईकलमा सवार रहेका भारत अररिया सोनामनीका कन्हैया कुमार ठाकुर र बिकाश ठाकुरलाई ३.०६ ग्राम प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
लागू औषधसहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको प्रदेश नं. १ प्रहरी कार्यालय जनाएको छ ।