सुनसरी । 

सुनसरीको गढि गाउँपालिका–३ बैशी टोल स्थित भित्री सढक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीवार (आज) पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १७५२ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको को ३ प २५४५ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिंदा मोटरसाईकल चालक सुनसरी बर्जु गाउँपालिका–६ का ५४ बर्षीय शिवनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाका बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय जनाएको छ ।