सुनसरी । 

सुनसरीको कोशी गाउँपालिका–२ बाट प्रहरीले कटुवा पेस्तोल र लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–३ सुनसरी घर बताउने १९ बर्षीय रोहित राई रहेका छन् ।

गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले  कोशी गाउँपालिका–२ बाट राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागू औषध डाईजापाम १० एम्पुल, नाईट्रोजन १० ट्यावलेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिससहित पक्राउ गरेको हो ।

कटुवा पेस्तोल र लागू औषधसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालय जनाएको छ ।