बिर्तामोड । 

विर्तामोड नगरपालिकाको आयोजना  तथा विर्तामोड नगर स्काउट तदर्थ समितिको संयोजनमा ५ रात ६ दिनको आवासीय रूपमा एमिटी एजुकेसन फाउन्डेसनमा ४९२ औं बिटिसी तथा ३६० औं पिटिसी तालिम सम्पन्न भएको छ  ।  

नगर स्काउट समंरक्षक नगर प्रमुख र नगर स्काउट प्रमुख नगर उपप्रमुख पदेन रूपमा रहने व्यवस्था भएकाले प्रदेश नम्बर १ का स्काउट तदर्थ समिति संयोजक रवि खनालले नगर प्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्र सङ्ग्रौलालाई सपथ ख्वाएर दीक्षित बनाएका थिए ।  त्यसपछि सङ्ग्रौलाले नगर स्काउट तदर्थ समितिलाई दीक्षान्त दिएका थिए । 

 उद्घाटन र समापन समारोहमा प्रमुख अतिथि नगर प्रमुख प्रसाई नै रहेको कार्यक्रममा पुरुष तालिम कोर्ष लिडर अरुण बस्नेत र महिला कोर्ष लिडर शिवानी देवान विर्तामोड प्रहरी प्रमुख समेतले एक सेसन लिएका थिए । 

सहभागीहरु २५ विर्तामोडबाट ४ संखुवासभा, २ बार्हदशी १÷१ जना इलाम, मेचिनगर, कमलबाट गरि ३४ जना रहेका थिए । अनुशासित, स्वावलम्बी, नैतिकवान बालबालिका निर्माणका निम्ति १ विद्यालय १ स्काउट दलको नीति कार्यान्वयनका निम्ति लागि परेको कुरा नगर स्काउट तदर्थ समिति संयोजक निकुञ्ज शर्माले बताए ।