मोरङ ।
मोरङको बेलवारी नगरपालिका–४ बेतनामा मंगलवार राती ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको को २० प ७६ ४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाईते भएका स्कुटर चालक बेलवारी नगरपालिका–५ का २६ बर्षीय बिक्रम राईको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो ।
घटनामा संग्लग्न दुबै सवारी साधन र ट्रक चालकलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको प्रदेश १ प्रहरीले जानकारी दिएको छ ।