ओखलढुङगा ।  

ओखलढुङगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलका एकै घर परिवारका ४ जनाले जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ भने २ जना बिरामी भएका छन् । 

गत जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ बर्षीया मनमाया बिष्ट, उनका छोरा २७ बर्षीय राजन बिष्ट, राजनको श्रीमती २४ बर्षीया ढककुमारी लामिछाने र ३ बर्षीया छोरी सरिश्मा बिष्ट बिरामी भएका थिए ।

च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा पठाइएको थियो ।  उपचारको क्रममा ढककुमारी बिष्टको सोही अस्पतालमा मृत्यु भएको थियो ।

अन्य तीन जनालाई थप उपचारको लागि काठमाडौं टिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मनमाया बिष्टको ३१ गते मृत्यु भएको तथा अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको प्रदेश १ प्रहरी कार्यालय जानकारी दिएको छ ।