झापा । 

इलाका प्रहरी कार्यालय धुलाबारी, लागु औषध नियन्त्रण व्युरो काँकडभिट्टा  र प्रहरी चौकी चारआलीको संयुक्त प्रहरी टोलीले लागू औषधसहित दुईजनालाई पक्राउ गरेको छ । 

लागूऔषध तथा नगदसहित मंगलवार(आज) मेचिनगर –१२ बस्ने अन्दाजी २४ बर्षिय सुरज मेचे र सोही स्थानका २२ बर्षिय जीवन सार्कीलाई प्रहरीले पक्राउ  गरेको हो । 

मेचेलाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट लागू औषध ब्राउन सुगर ८ ग्राम ५२ मिलि ग्राम, नगद ७३ हजार रुपैयाँ, मोबाईल थान एउटा, डिजिटल मिनि तराजु थान १ फेला परेको जनाइएको छ ।

साथै उनका सार्थी सार्की समेत उक्त कार्यमा संलग्न देखिएकोले दुवै जनालाई  नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।