मोरङ । 

मोरङको बिराटनगर महानगरपालिका–१४ रानी–बिराटनगर सडक खण्डमा इलभतभकत दगििभत मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज(मंगलबार) बिराटनगरतर्फ जाँदै गरेको सो मोटरसाईकलले सोही दिशातर्फ जाँदै गरेका पैदलयात्री स्थानीय ६० बर्षीय मजेबुल मियालाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका मियालाई बिराटनगर स्थित न्युरो अस्पताल लगिएकोमा उपाचारको क्रममा मृत्यु भएको हो ।

  मोटरसाईकल र चालक भारत मझपुरका ५९ बर्षीय बिन्देश्वर रामलार्इ  ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएर घटना बिषयमा थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रदेश प्रहरी कार्यालय जनाएको छ ।