ओखलढुङ्गा । 

ओखलढुङ्गाको चम्पादेवि गाउँपालिका–३ पाखुरेडाँडामा ढुँङ्गाले किचेर स्थानीय एक बालकको मृत्यु भएको छ ।

सोमवार बेलुका साढे ५  बजे  चम्पादेवी–३ ताप्के डाँडामा साथिहरुसँग चुथ्रो खान गएका ओतबहादुर श्रेष्ठका ६ बर्षीय छोरा भिमबहादुर श्रेष्ठलाई अचानक भिर माथीबाट झरेको ढुङ्गाले टाउकोमा लागि गम्भिर घाईते भएका थिए ।

ढुङ्गाले किचेर गम्भिर घाईते भएका बालकलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

घटनाबारे  ईलाका प्रहरी कार्यालय बरुणेश्वरको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालय जनाएको छ ।