बिराटनगर ।
१ नम्वर प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले १ नम्वर प्रदेशका जिल्ला प्रहरी कार्यालय प्रमुख लगायत मुद्धा चल्ने प्रहरी कार्यालयहरुका प्रमुखहरुलाई भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिएकी छिन् ।
मंगलवार (आज) निर्देशनका क्रममा बिभिन्न किसिमका अपराधिक गतिबिधिलाई निरुत्साहित गर्न अहोरात्र प्रहरी परिचालन गर्ने र हिरासत ब्यवस्थापनमा बिशेष ध्यान दिई त्रुटी रहित तवरबाट कार्य सम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएकी हुन् ।
उक्त भिडियो कन्फ्रेन्समा अपराध अनुसन्धान शाखाका शाखा प्रमुख तथा हिरासत ब्यवस्थापन अधिकृतहरुलाई समेत निर्देशन दिएकी थिइन् ।