बिराटनगर ।
ईलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
ईलामको रोङ गाउँपालिका–४ बाघखोर स्थित मेची राजमार्गमा फिक्कलबाट झापातर्फ आउँदै गरेको मे.१ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुदा ट्याक्टर चालक सुर्योदय नगरपालिका–१२ का २९ बर्षीय सागर प्रधानसहित तीन जना घाईते भएका थिए ।
घाइते उनीहरुलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो ।