झापा । 

 झापा गौरादह नगरपालिका वडा नं.१ स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नं.को ट्याकटरले सोही स्थानका रामप्रसाद अधिकारीको छोरा ९ बर्षिय गौरव अधिकारीलाई ठक्कर दिदा मृत्यु भएको छ । 

ट्याक्टरको ठक्करबाट सोमवार (आज) घाईते भएका बालकको उपचारको लागि दमक अस्पताल दमक लगिएको थियो । उपचारकै क्रममा बालकलाई डाक्टरले मृत  घोषणा गरेको थिए ।

ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक झापा कमल गाउँपालिका वडा नं. १ का २६ बर्षिय बिनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।