सुनसरी । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–४ मा  बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र –४ का ३० बर्षीय देबराज धामी रहेका छन् । 

 देबराजले आफ्नै भाई १८ बर्षीय देवकुमार धामीलाई सामान्य बादबिवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाईते देव कुमारलाई घर परिवारका मानिसले तत्कालै उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

बन्चरो प्रहार गरी भाईको हत्या गर्ने  देबराजको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।