अर्जुनधारा ।
चौतारी २०४८ एसएलसि समूह शनिश्चरे माध्यमिक बिद्यालयका पूर्व विद्यार्थीहरुले शनिश्चरेमा सम्मान कार्यक्रम गरेको छ । समुहका ब्याजी साथीहरू हालै सप्पन्न स्थानीय तह निर्वाचनबाट बिर्तामोड नगरपालिकाको मेयर पदमा पबित्रा महतरा प्रसाईं र अर्जुनधारा नगरपालिका वडा न ८ को अध्यक्ष पदमा कुमार उप्रेती निर्वाचित भइ जनताको सेवामा समर्पित भएको भन्दै उनीहरुलाई सम्मान गरेको हो ।
२०४८ एसएलसि समुहको उच्च गरिमा बडाएको भन्दै उनीहरुलाई रुद्राक्षको माला लगाएर सम्मान पत्र प्रदान गरिएको हो । सस्थालार्इ यहाँसम्म ल्याउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै सस्थापक अध्यक्ष इन्दिवरसिह खडका पूर्व अध्यक्ष खेम नेपाल, रन्जित परियार, निरा कार्कीलाई रुद्राक्षको माला लगाएर सम्मान पत्र प्रदान गरिएको थियो ।
समुहले बिगतमा साथीहरूलाई आपत बिपत, बिबाह तथा शोकमा रहेको बेला समवेदना र कोभिडको बेलामा राहत बितरण जस्ता कार्य गर्दै आएकोमा अब अक्षयकोष स्थापना गरि विद्यार्थीहरुको शिक्षामा सहयोग गर्ने समेत निर्णय गरेको छ ।
तारा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिल बिक र सहजीकरण सचिव जितेन्द्र श्रेष्ठले गरेका थिए ।