अर्जुनधारा । 

 मृगौला फेल भएर आर्थिक अभावका कारण पीडित बनेकी अर्जुनधारा नगरपालिका १० कि सबिता उप्रेतीको उपचारको लागि वैदेशिक रोजगारमा रहेका चन्दप्रसाद बराईलीको पहलमा एक लाख रुपैयाँ आर्थिक सहयोग भएको छ। 

बिर्तामोड २ का बराईलीको पहलमा साउदी अरबमा रहेका नेपालीहरुले संकलन गरेको ९३ हजार रुपैयाँँमा बिर्तामोड वडा नम्बर २ का वडाध्यक्ष किशोर कुमार पौडेलले थप ७  हजार गरि १ लाख  पीडित उप्रेतीको निवासमै पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिए ।

 अभियान कर्मी अम्बिका प्रसाईं दाहाल, स्मिता बराईलीको समूहले उक्त रकम हस्तान्तरण गरेको थियो । बिगत ३  बर्षदेखि पीडित बनेकी उप्रेतीको आर्थिक अभाव भएको र उपचारमा समस्या भएको बुझेर अध्यक्ष पौडेलले वैदेशिक रोजगारमा रहेका बराईलीसँग समन्वय गरि सो रकम हस्तान्तरण गरेका हुन्  । 

 लगभग १५ लाख खर्च हुने पीडितका श्रीमान् ज्ञानु बराल बताए । गाउँघरमा खेतीकिसानी गर्दै आएका बराल परिवार यति बेला सहयोगको याचना गरिरहेका छन् ।