बिर्तामोड ।
बिर्तामोड नगरपालिकाले वडा नम्बर ८ मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहलाई बाख्रा वितरण गरेको छ ।
नगरको पशुपंछी तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम मेयर पकेट बाख्रा साटासाट अन्तर्गत १५ जना कृषकहरुलाई ३ वटाका दरले ४५ वटा र समुहलाई एउटा बोयर जातको विउ बोको वितरण गरिएको हो ।
कृषकहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बाख्रा वितरण गरेका हुन् ।
यसअघि बाख्रा प्राप्त गरेको वडा नम्बर ७ को श्रीजंघा बाख्रापालन कृषक समुह र हरियाली बाख्रापालन समुहले आफ्नो दायित्व अनुसार फिर्ता गरेको बाख्रा किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहका कृषकलाई वितरण गरिएको हो ।
बिर्तामोड नगरपालिकाले २०७४ साल यता ५ सय वटा बाख्रा वितरण गरिसकेको पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिइन् । उनले हालसम्ममा ४१ लाख रुपैयाँको १६५ वटा बाख्राको खोर निर्माण गरेको बताइ् । किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहकी अध्यक्ष भावना ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समासेवी गोपाल लकान्द्री, प्राविधिक विष्णु भट्टराई, निमेश थापा लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।