सुनसरी ।
सुनसरीको इटहरी उप–महानगरपालिकाद्द९ स्थित रहेको मोवाइल पसलबाट मोवाइल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका–९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका–४ नुवाकोट घर भई काठमाण्डौको टोखा वस्ने १९ बर्षीय सन्तोष मगर रहेका छन् ।
उनीहरुले गत जेष्ठ १५ गते राती मोवाइल पसलको सटर फोडी ३ लाख बरावरको बिभिन्न कम्पनीको मोवाइलहरु चोरी गरेका थिए । इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चोरीमा संलग्न भई फरार रहेका तामाङ र मगरलाई काठमाडौंमा लुकिछिपि बसेको अवस्थामा चोरी भएको ३ वटा मोवाइल सेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको आज (शुक्रवार) सुनसरी जिल्ला अदालतवाट चोरी मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।