तेह्रथुम । 

तेह्रथुमको लालीगुँरास नगरपालिका–९ बाट चोरीमा संलग्न एक जनालाई चोरी गरेको सुनका गरगहना र नगदसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–११ घर बताउने ३५ बर्षीय रोशन तामाङ रहेका छन् ।

तामाङले जेष्ठ २५ गते बुधबार दिउँसो फेदाप गाउँपालिका–२ तेह्रथुमका प्रेमप्रसाद भट्टराईको घरमा कोही नभएको मौका पारी ढोका फोडी कोठा भित्र काठको बाकसमा राखेको सुनको बिभिन्न गरगहनाहरु  ५ तोला, ५ आना र  नगद १ हजार रुपैयाँ  सचोरी गरी फरार भएका थिए ।

प्रहरी चौकी योयाक्जुङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमको प्रहरी टोलीले खोज तलासको क्रममा लालिगुँरास नगरपालिका–९ काँडे स्थितमा लुकिछिपि बसेको अवस्थमा चोरी भएका सम्पुर्ण गरगहना र नगदसहित तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको जिल्ला अदातल तेह्रथुमबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।