सुनसरी । 

सुनसरीको दुहवी नगरपालिका –५ बुढीपुल स्थित कोशी राजमार्गमा लहरीको ठक्करबाट मोटरसाईकल पछाडि सवार एक जना महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका– २० बस्ने ५८ बर्षीया कृष्णकुमारी खवास रहेकी छन् ।  उनकै श्रीमान ६६ बर्षीय मछिन्द्र खवासले चलाएको को २८ प ८५४४ नम्बरको मोटरसाईकलको पछाडि बसी जादै गर्दा बिपरित दिशाबाट आएको  UP 57AT 3837  नम्बरको भारतिय लहरीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो भने चालक सामान्य रहेका छन् । 

ईलाका प्रहरी कार्यालय नेमुवाको प्रहरी टोलीले लहरी र लहरी चालक भारत कुसिनगर जिल्ला बस्ने ४५ बर्षीय मन्नु यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धानगरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।