मोरङ ।
मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैधरुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेको समान प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–१२ बाट अबैधरुपमा भन्सार छलेर चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १ लाख ९४ हजार रुपैयाँ मुल्य बरावरको बिभिन्न प्रकारका लत्ता कपडाहरु पक्राउ गरेको हो ।
त्यसैगरी बिराटनगर–६ स्थित केसलिया रोडबाट ना.४ख १६७८ नम्वरको टकमा अन्दाजी मुल्य २३ लाख ७५ हजार रुपैयाँ मुल्य बरावरको ५०० बोरा मकै अवैध रूपमा भन्सार छलेर भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा चालकसहित नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।