इलाम । 

इलामको देउमाई नगरपालिका–३ बाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देउमाई नगरपालिका–७ का २० बर्षीय शम्भु लिम्वु र माई नगरपालिका–८ का १८ बर्षीय सुमन लिम्बु रहेका छन् । नेपालटार–मंगलबारे स्थित सडक खण्डमा इलाका प्रहरी कार्यालय मंगलबारेको प्रहरी निरीक्षक सहितको टोलीले चेकजाँचको क्रममा प्रदेश १–०३–००१ प १६५५ र को।१३ प २१६६ नम्वरको मोटरसाईकलमा सवार रहेका उनीहरुको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिवन्धित ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय मंगलबारेबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।