बिर्तामोड ।
झापाको बिर्तामोड–५ बाट प्रहरीले नगद र लागू औषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–५ का ४८ बर्षीय डिजेन राजवंशी र पाँचथर नगरपालिका –७ का २२ बर्षीय सुजन गुरुङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले वुधबार गोप्य सूचनाका आधारमा राजबंशीको घरमा चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर १५ ग्राम, तौल गर्ने डिजिटल तराजु १ थान र नगद .२ लाख ८४ हजार ७ सय ५० रुपैयाँसहित राजवंशीलाई नियन्त्रणमा लिएको थियो ।
राजवंशीलाई पक्राउ गरी सोधबुझ गर्ने क्रममा पाँचथरका गुरुङ पनि संलग्न रहेको जानकारी पाएलगतै गुरुङलाई समेत नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।