बिराटनगर । 

तेह्रथुम र पाँचथरमा भएको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ को भित्री सडक खण्ड म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बाटोदेखि अन्दाजी १०० मिटर तल झरेर दुर्घटना हुँदा चालक फेदाप गाउँपालिका–५ ईसिबुका २६ बर्षीय रबिन खापुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

त्यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा बुधवार दिउँसो ट्याङकरले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पाँचथरबाट झापातर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङकरले र बिपरित दिशातर्फ जाँदै गरेको को. ५ प २३३० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

उक्त सवारी दुर्घटनामा घाईते भएका चालक रामधुनी नगरपालिका–७ सुनसरीका २६ बर्षीय प्रेम घिसिङको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुबै घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।