बिर्तामोड ।
झापाको बिर्तामोडमा ग्लोरी फेन्सी क्लोथ स्टोर सञ्चालनमा आएको छ । संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले स्टोरको उद्घाटन गरेका हुन् ।
पचास बर्ष भारत नागालेन्ड कुहिमामा सिलाई बुनाई सेवा गरि अनुभव बटुलेर स्वदेशमै सेवा गर्ने सोचका साथ स्टोर सञ्चालनमा ल्याएको सञ्चालक टिकाराम शिवाले जानकारी दिए ।
नेपाली राष्ट्रिय पोसाक, स्कुल, कलेजका युनिफम, बेहुला बेहुलीका सम्पुर्ण ब्रन्डेट कपडा र सिलाई बुनाईको उचित ब्यवस्थापन गर्ने स्टोरको उदेश्य रहेका छ ।
कार्यक्रममा शिक्षासेबी हस्त परियार, गोर्खा टेलरिङ्गका बिरु दर्नाल, मोडन टेलरिङ्गका दिपक तिखत्री, ब्यवसायी रामप्रीत शाह घनश्याम चौधरी लगायतको उपस्थिति रहेको थियो । स्वागत संगीता शिवाले गरेका कार्यक्रमको सहजीकरण रन्जित परियारले गरेका थिए ।