- नेत्र बिक्रम बिमलि
वनियानी ।
नेपालको होचो भुभागमा अवस्थित कचनकवल गाउँपालिकाले आफ्ना नागरिकको घर प्लास्टिक छाना मुक्त बनाउने निर्णय गरेको छ ।
कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशीका अनुसार प्लास्टिकको छानामुनी बस्दै आएका आफ्ना नागरिकलाई गाउँपालिकाले टिनको छाना लगाईदिने पहिलो प्राथमिकतामा राखेको छ ।
कचनकवलमा करिब १ सय परिवारले अहिले पनि प्लास्टिकको छानामुनि जिवन निर्वाह गरी रहेको देख्न सकिन्छ । गाउँपालिकाको कुल जनसंख्याको ७० प्रतिशत भन्दा बढि आदिवासी बाहुल्य रहेको कचनकवलमा ८० प्रतिशत भन्दा बढि नागरिक विपन्न, मजदुर, निम्न अवस्थाका नागरिकहरुको बसोबास रहेको छ।
गाउँपालिका अध्यक्षका अनुसार सुत्केरी आमाहरूको लागि एम्बुलेन्सको सम्पुर्ण खर्च पालिकाले व्यहोर्ने, भुमिहिन नागरिकलाई तत्काल धनीपुर्जा बितरणको व्यवस्था मिलाउने प्राथमिकतामा रहेका छ्न्।
त्यस्तै कृषि ,स्वास्थ ,शिक्षालाई प्राथमिकता राख्दै आफ्ना नागरिकको जिवन स्तर उकास्ने खालका रोजिरोटीसँग जोडिएको कार्यक्रमलाई अगाडि बडाउने अध्यक्ष राजवंशीले बताए। २०७४ को स्थानीय तह निर्वाचनमा बिजयि हासिल गरेको स्थानीय सरकारले गरेको बिभेदलाई अन्त्य गर्दै स्थानीय सरकारको अनुभुती दिने किसिमले अगाडि बड्ने समेत अध्यक्ष राजवंसीले प्रष्ट पारे । कचनकवलमा भएका अनियमिततालाई छानबिन गरी जनताको बिचमा लाने समेत राजवंशीले बताएका छन् ।
त्यस्तै ३९ सदस्य रहेको कचनकवलमा नेपाली काङ्ग्रेसले ३३, एमालेले ५ र राप्रपाले १ सिटमा बिजय हासिल गरेपनि सहकार्यका साथ अगाडि बढ्न लागेको पनि नेपाल काङ्ग्रेसबाट प्रतिनिधित्व गर्दै गाउँपालिका अध्यक्षमा बिजयी भएका कालेन्द्रप्रसाद राजवंशीको धारण रहेको छ ।
नेपालकै होचो ठाउ आफ्नो गाउँपालिकामा रहेको र त्यस्को बिकासलाई गुरुयोजना मार्फत ३ बर्ष भित्रमा सम्पन्न गर्ने गरी काम अगाडि बढाउदै आन्तरिक र वाहिय पर्यटकको गन्तव्य स्थलको रूपमा परिचीत गराउन अगाडि बढ्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले बहुमत ल्याएको कचनकवलमा महालेखाको ७ करोड भन्दा बढिको बेरुजु प्रतिबेदन र अलहले देखिएको ७ करोड जतिको घाटा बजेटलाई समेत पारदर्शी गर्दै अगाडि बड्नु पर्ने देखिन्छ ।