झापा ।
झापामा अप्राकृतिक मुद्दाको फरार ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले फरार ब्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नं. १ का २४ बर्षिय सुक्लो सोरेन रहेका छन् । फरार सोरेन झापा जिल्ला अदालतको मिति २०७३÷०३÷२९ गते भएको फैसला पुनराबेदन परी उच्च अदालत बिराटनगर ईलाम ईजलासबाट मिति २०७५÷११।०१ गते भएको फैसला बमोजिम अप्राकृतिक मैथुन मुद्धामा फरार रहेका थिए ।
फरार सोरेनलाई पक्राउपछि फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढी भद्रपुरमा उपस्थित गराइएर अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र–आदेश भए बमोजिम हाल जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।