बिराटनगर ।
झापाको मेचीनगर नगरपालिका–६ बाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट एक जना लागू औषधसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका मेचीनगर–७ का २५ बर्षीय अर्जुन बाँतर र मेचीनगर–६ का २५ बर्षीय दावा तामाङ १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
त्यस्तै सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाको प्रहरी टोलीले बराहक्षेत्र–५ सिमरबनका ५९ बर्षीय रत्न माझीलाई १६३ ग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको बिषयमा प्रहरीले थप अनुसन्धान गरीरहेको प्रदेश प्रहरीले जनाएको छ ।