झापा ।
झापाको गौरिगंज गाउँपालिका –५ फत्तेपुर बस्ने शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।
सोमवार (आज) बिहान ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागेर घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय गौरिगञ्जको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।


















