खोटाङ । 

खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका २९ बर्षीय मनकुमार राईले सामान्य बादबिबाद हुँदा धकेलेर लडाउदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६९ बर्षीय हरीप्रसाद राई रहेका छन् ।

गत १९ गते राती ११ बजे आपसी बिवाद हुँदा धकेलेर लडाउदा घाईते भएका हरी प्रसादको न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा हिजो राती १ बजे मृत्यु भएको हो ।

घटनामा समलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।