सुनसरी । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ जब्दि बस्ने ३७ बर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।

घर अगाडी कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएकी श्रेष्ठको घोपा धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।