ओखलढुंगा ।
ओखलढुङगाको मोलुङ गाउँपालिका–६ मंगलबारे बस्ने ५५ बर्षीया दुधमाया कट्वालको रुखबाट लडेर मृत्यु भएको छ ।
घरबाट अन्दाजी २ किमि दक्षीणमा रहेको पाखाबारीमा बाझको रुखमा चढेर घास काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट प्रहरीको टोलीले थप अनुन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।


















