मोरङ ।
मोरङको रतुवामाई नगरपालिका–१ हटियाडाँडास्थित आमबारी कुटुमगञ्ज सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालक सुनवर्सी नगरपालिका –९ का २४ बर्षीय राजकुमार शर्माको मृत्यु भएको छ ।
मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा शर्माको मृत्यु भएको हो भने पछाडी सवार भारत अररिया जिल्ला कुसाकट्टाका २० बर्षीय किसनकुमार कामत सामान्य घाईते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे.४ प. ४५५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भएर दुर्घटना हुँदा गम्भिर घाईते भएका शर्माको रंगेली अस्पताल रंगेलीमा मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।