- चन्द्र बस्नेत
सुरुङ्गा ।
आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उदेश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि यो दिवश मनाउन सुरु गरिएको हो ।
यस वर्ष ‘दिगो प्रकृतिमैत्री जीवनयापन पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ को जुन ५ मा पहिलोपटक विश्व वतावरण दिवस मनाउन सुरु गरिएको हो ।
विश्व वातावरण दिवसको अवसर पारेर झापाको सुरुङगा जेसीजले आइतबार सुरुङ्गा बजार परिसरमा धुपिका बिरुवा रोप्नुका साथै गोडमेल, सरसफाई तथा बृक्षारोपण गरेको छ ।
सुरुङगा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘कनकार्इ सामुदायिक वनका अध्यक्ष ख्याम ओलीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा करिव एक सय पचास बढी विरुवा रोप्नुका साथै गोड्मेल पनि गरिएको कार्यक्रम सयोजक पुणकुमार श्रेष्ठले जानकारी दिए ।