हल्दीबारी । 

सरसफाइ एवम् वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले राष्ट्रिय सरसफाई सप्ताह तथा विश्व वातावरण दिवसको अवसर पारेर झापाको गोलधाप बजार सरसफाइ गरेको छ ।

आइतबार विहान नवनिर्वाचित जनप्रतिनिधि, जनपद प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघ–संस्था एवम् सरसफाइ अभियानकर्मीहरुको सहभागितामा हल्दिबारी गाउँपालिका, वडा नं १ को गोलधाप बजार सरसफाइ गरिएको हो ।

वडा नं १ का नवनिर्वाचित वडाध्यक्ष देवी थापा, क्लिन झापाकी अध्यक्ष शान्ति उपाध्याय, उपाध्यक्ष सन्तोष न्यौपानेलगायत सहभागी भई लगभग दुईसय मिटर क्षेत्रमा सरसफाइ गरिएको क्लिन झापाका सचिव रुद्रबहादुर न्यौपानेले जानकारी दिए ।

क्लिन झापाले वर्षेनि ससफाइ सप्ताहको अवसरमा सरसफाइका काम गर्दै आएको छ भने बिभिन्न पालिकाहरुमा सरसफाई सम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।