मेचीनगर ।
झापाको मेचीनगर–१० स्थित पाथिभरा भेराइटिजमा आगलागी हुँदा करोडौं क्षति भएको छ । केही बेर अघि शुरु भएको आगलागी मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो ।
धुलाबारी मोड दक्षीणको पाथिभरा भेराइटिजमा लागेको आगोले पसल पुर्ण रुपमा नष्ट भएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिए । ‘महङ्गो सामन भएको इलोक्ट्रोनिक पसल हो,’ अध्यक्ष तिम्सिनाले भने ‘पुरै जल्यो, निक्कै ठुलो क्षति भएको अनुमान गरेका छौं ।’ क्षतिको सवै बिवरण भने आइनसकेको बताइएको छ ।
इलोक्ट्रोनिकका सामनको पसल भएकाले करोड बढीको क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । निलचल पाण्डेले सञ्चालन गरेको उक्त पसलमा आगलागीको कारण भने पत्ता नलागेको अध्यक्ष तिम्सिनाले बताए ।